+
+

बुटवलमा महाशिवरात्रि महोत्सव

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २५ गते २०:२८

२५ फागुन, बुटवल । शिवरात्रि पर्वको अवसरमा मानव धर्म सेवा समितिको आयोजनामा बुटवलमा महाशिवरात्रि महोत्सव भएको छ ।

महाशिवरात्रि महोत्सवको अवसरमा शुक्रबार बिहान युवा संगठन र बाल सभाले विभिन्न प्रस्तुति दिएका थिए ।

महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथै भक्ति संगीतका कलाकारले सुमधुर भक्ति संगीत प्रस्तुत गरेका थिए ।

महोत्सवकै अवसरमा शुक्रबार श्री हंस कृति आश्रम बुटवलमा भएको कार्यक्रममा मानव धर्मका प्रणेता सत्पाल जी महाराजले शिवले ध्यान गर्ने तत्वलाई जानेर अघि बढ्न सकियो भने जीवनमा सार्थक हुने बताएका छन् ।

कार्यक्रमका सहभागी वक्ताहरुले बुद्धको जन्मस्थान लुम्बिनीमा आयोजना भएको यो कार्यक्रमले शान्तिको सन्देश दिएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?