+
+

पशुपतिनाथ मन्दिरमा पुगेर राष्ट्रपतिले गरे पूजा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २५ गते १६:५०

२५ फागुन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन तथा पूजा अर्चना गरेका छन् ।

नेपालका राष्ट्राध्यक्षले शिवरात्रिका दिन आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने प्रचलन अनुसार उनले पशुपतिनाथको दर्शनसँगै पूजा अर्चना गरेका हुन् ।

शिवभक्तहरुले शिवरात्रिका दिन व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र आदि पूजा सामग्री चढाएर पूजा गर्ने गर्छन् ।

शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा रातिदेखि नै दर्शनार्थीको घुइँचो लागेको छ ।

यस वर्षको महाशिरात्रिमा कम्तीमा २० लाख जना भक्तजनले पशुपतिको दर्शन गर्ने अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?