+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

पशुपतिनाथ क्षेत्रमा साधुसन्तको चहल-पहल (तस्वीरहरू)

हरेक वर्ष महाशिवरात्रिमा यहाँ ठूलै संख्यामा नेपालदेखि भारतसम्मका साधुसन्तको उपस्थिति रहन्छ ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ फागुन २ गते ११:०४

२ फागुन, काठमाडौं । पशुपतिनाथ मन्दिर र आसपासका क्षेत्रमा महाशिवरात्रि पर्वका अवसरमा दर्शन गर्न आउने साधुसन्तको चहलपहल बढेको छ । हरेक वर्ष महाशिवरात्रिमा यहाँ ठूलै संख्यामा नेपालदेखि भारतसम्मका साधुसन्तको उपस्थिति रहन्छ ।

गुठी संस्थानले यस वर्ष शुक्रबारदेखि नै महाशिवरात्रि पर्व सुरु गरिसकेको छ । यस वर्ष फागुन ३ (आइतबार) महाशिवरात्रि भए पनि संस्थानले शुक्रबारदेखि सुरु गरेर ५ गतेसम्म महाशिवरात्रि पर्व सञ्चालन गरिरहेको छ ।

महाशिवारात्रिका अवसरमा पर्वअवधिभर संस्थानले पशुपतिनाथ मन्दिर क्षेत्र तथा काठमाडौंका विभिन्न अखडाहरूमा साधुसन्तको सेवाको प्रबन्ध मिलाएको छ । जसमा दाउरा, भोजन, पूजा सामग्री र दक्षिणाको व्यवस्था गरेको छ ।

यस्तै फागुन ५ गते बिहान साधुसन्तलाई भोजन गराइएपछि दक्षताअनुसार विभिन्न रङका कार्ड वितरण गरी सोही कार्डका आधारमा तोकिएको दरअनुसार दक्षिणा दिएर बिदाइ गरिने छ ।

गत वर्ष महाशिवरात्रि पर्वमा पशुपतिनाथ मन्दिरमा २ हजार ३८९ जना साधुसन्त आएका थिए । उनीहरूलाई वर्गीकृत गरी दक्षिणासहित बिदाइ गरिएको थियो ।

जसमा दक्षिणा वितरणमा मात्र २० लाख ५८ हजार ६७१ रुपैयाँ खर्च भएको संस्थानले जनाएको छ ।

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?