+
+
Shares

सयभन्दा बढी सिटमा प्रत्यक्ष चुनाव लड्ने दलको संख्या ११

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १ गते २१:१२

२९ माघ, काठमाडौं । २१ फागुनको निर्वाचनमा प्रत्यक्षतर्फ ६७ दलले चुनाव लड्दैछन् । यसमा कतिपय दलले संयुक्त चुनाव चिह्नमा समेत उम्मेदवारी दिएका छन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुन्छन् । ११० जना समानुपातिक निर्वाचन प्रणाली अर्थात् दलले पाएको मतका आधारमा चुनिन्छन् ।

प्रत्यक्षतर्फ १६५ सिटका लागि तीन हजार ४०६ जना उम्मेदवार छन् । यसमा ६७ दलबाट उम्मेदवार रहेका छन् । जसमा एक सिटमा मात्रै उम्मेदवारी दिने दलहरू पनि छन् । १०० भन्दा बढी सिटमा उम्मेदवारी दिने दलको संख्या ११ छ ।

नेपाली कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । पुरै सिटमा उम्मेदवारी दिने यही एउटा दल हो ।

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले १६४/१६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ ।

६ माघमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता एमालेले सबै क्षेत्रमा उम्मेदवारी दिएको थियो । तर, ९ माघमा एमालेबाट मनाङमा उम्मेदवारी दिएका पोल्देन छोपाङले आफ्नो उम्मेदवारी फिर्ता लिए ।

नेपाली कम्युनिस्ट पार्टीले बागलुङमा राष्ट्रिय जनमोर्चासँग तालमेल गरेर उम्मेदवार उठायो । जसअनुसार बागलुङ–१ मा जनमोर्चाका कृष्ण अधिकारी उम्मेदवार छन् भने निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाका ज्ञाननाथ गैरे उम्मेदवार छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको पनि १६४ निर्वाचन क्षेत्रमा उम्मेदवार छन् । रास्वपाको उम्मेदवार नरहेको क्षेत्र मनाङ हो । जहाँ रास्वपाबाट अनिल गुरुङले टिकट पाएका थिए । तर, उम्मेदवारी दर्ताको दिन उनी निर्वाचन कार्यालयमा पुगेनन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १६३ क्षेत्रमा उम्मेदवार छन् । उम्मेदवारी दर्ता गर्दा यो पार्टीका १६५ क्षेत्रमै उम्मेदवार थिए । तर, पछि दुक्ष्ए क्षेत्रका उम्मेदवारले उम्मेदवारी फिर्ता लिए ।

राप्रपाबाट मनाङमा उम्मेदवारी दिएका कुविरसिंह गुरुङले उम्मेदवारी फिर्ता गरे । रूपन्देही–२ मा राप्रपाबाट उम्मेदवारी दिएका कार्भिका थापाले पनि उम्मेदवारी फिर्ता लिइन् ।

यसबाहेक थप पाँच वटा पार्टीका १०० भन्दा बढी क्षेत्रमा उम्मेदवार छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का १३०, नेपाल मजदुर किसान पार्टीका १२१, मंगोल नेशनल अर्गनाइजेसनका ११३, श्रम संस्कृति पार्टीका १०९, उज्यालो नेपाल पार्टीका १०८ र आम जनता पार्टीका १०२ जना प्रत्यक्षतर्फ उम्मेदवार छन् ।

५० भन्दा माथि र १०० भन्दा कम उम्मेदवार उठाउने दलको संख्या चार रहेको छ । जनता समाजवादी पार्टी नेपालबाट ९५, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट ९२, राष्ट्रिय जनमोर्चाबाट ७० र जनमत पार्टीबाट ६१ जना उम्मेदवार छन् ।

२५ भन्दा माथि र ५० भन्दा तल उम्मेदवार उठाउने दलको संख्या पनि चार नै रहेको छ । नेशनल रिपब्लिक नेपालबाट ४६, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)बाट ३५, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट ३३ र मितेरी पार्टी नेपालबाट ३२ जना उम्मेदवार छन् ।

१० वटा १० भन्दा माथि र २४ भन्दा कम उम्मेदवार उठाउने दलको संख्या ११ वटा रहेको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट २३, नागरिक उन्मुक्ति पार्टी नेपालबाट २२ क्षेत्रमा उम्मेदवार छन् । संयुक्त नागरिक पार्टी, नेपाल जनता पार्टी र जनता समाजवादी पार्टीले २१/२१ जना उम्मेदवार उठाएका छन् ।

नेपाल जनमुक्ति पार्टीबाट १८ जना उम्मेदवार छन् । राष्ट्रिय परिवर्तन पार्टीर राष्ट्रिय जनमुक्ति पार्टीले १७/१७ जना उम्मेदवार उठाएको छ ।

जय मातृभूमि पार्टीबाट १६, राष्ट्र निर्माण दल नेपालबाट १३ र नेपालका लागि नेपाली पार्टीबाट १० जना उम्मेदवार रहेका छन् । ९ वा ९ भन्दा कम क्षेत्रमा उम्मेदवारी दिने दलको संख्या ३७ छ ।

नेपाल संघीय समाजवादी पाटीबाट ९ जना उम्मेदवार छन् । सार्वभौम नागरिक पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनसेवा पार्टीले सात/सात जना उम्मेदवार खडा गरेका छन् ।

नेपाल मानवतावादी पार्टी र जन अधिकार पार्टीबाट ६/६ जनाको उम्मेदवारी छ ।

पाँच निर्वाचन क्षेत्रमा मात्रै उम्मेदवारी दिने दलको संख्या पाँच वटै रहेको  छ।समावेशी समाजवादी पार्टी, राष्ट्रिय एकता दल, नेपाली जनता दल, नेपाल लोकतान्त्रिक पार्टी र नागरिक उन्मुक्ति पार्टीले पाँच/पाँच वटा निर्वाचन क्षेत्रमा मात्रै उम्मेदवारी दिएका हुन् ।

चार क्षेत्रमा उम्मेदवारी दिने दलको संंख्या पनि पाँच वटै छ । राष्ट्रिय जनमत पार्टी, पिपुल फर्ष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी, जनादेश पार्टी नेपाल र जनता लोकतान्त्रिक पार्टी नेपालले चार/चार क्षेत्रमा उम्मेदवारी दिएका हुन् ।

तीन क्षेत्रमा मात्रै उम्मेदवारी दिने दलको संख्या १० वटा रहेको छ । जसमा समावेशी समाजवादी पार्टी नेपाल, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, राष्ट्रिय उर्जाशील पार्टी नेपाल, युनाईटेड नेपाल डिमोक्रयाटीक पार्टी, बहुजन शक्ति पार्टी, प्रजातान्त्रिक पार्टी नेपाल, नेपाल जनता संरक्षण पार्टी, नागरिक सर्वोच्चता पार्टी नेपाल, त्रिमूल नेपाल र गतिशील लोकतान्त्रिक पार्टी रहेका छन् ।

तीन वटा दलले दुई क्षेत्रमा मात्रै उम्मेदवारी दिएका छन् । स्वाभिमान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल  र नेपाली जनश्रमदान संस्कृति पार्टीले दुई/दुई क्षेत्रमा उम्मेदवारी दिएका छन् ।

बाँकी आठ वटा दलले एउटा/एउटा निर्वाचन क्षेत्रमा मात्रै उम्मेदवारी दिएका छन् ।

राष्ट्रिय साझा पार्टी, राष्ट्रिय सद्भावना पार्टी, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल मातृभूमि पार्टी, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी), गान्धीवादी पार्टी नेपाल र इतिहासिक जनता पार्टीले एउटा/एउटा निर्वाचन क्षेत्रमा मात्रै उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?