+
+

रामबाबु गुरुङ र सुजित बिडारी ‘वर्ष फिल्म निर्देशक’ घोषित

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २७ गते २०:३१

काठमाडौं । रामबाबु गुरुङ र सुजित बिडारी नेपाली फिल्मका ‘वर्ष निर्देशक’ घोषित भएका छन् । आइतबार आयोजित चलचित्र निर्देशक समाजको १६ औं वार्षिक साधारण सभामा निर्देशकद्धयलाई पुरस्कृत गरियो ।

चलचित्र विकास बोर्डको बक्स अफिस विवरणअनुसार २०७९ सालमा रिलिज भएको गुरुङ निर्देशित ‘कबड्डी ४’ले सर्वाधिक कमाउने फिल्मको इतिहास रचेको थियो । बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ सोही वर्ष ओस्कारमा मात्र सिफारिस भएन, दशककै उत्कृष्ट फिल्मको रुपमा यसले समीक्षा बटुल्यो ।

प्रमुख अतिथिको रुपमा सहभागि अभिनेता राजेश हमालले पुरस्कार प्रदान गरे । सोही कार्यक्रममा दीर्घ साधना सम्मान वरिष्ठ निर्देशक यादव खरेललाई प्रदान गरियो ।

पहिलो नेपाली निर्देशक हीरासिंह खत्री स्मृति सम्मान पहिलो नेपाली रंगिन फिल्म ‘कुमारी’का निर्देशक प्रेमबहादुर बस्न्यातलाई प्रदान गरियो । आकाश अधिकारी, दिनेश डीसी र सम्झना उप्रेती रौनियारलाई स्रष्टा सर्जक सम्मान प्रदान गरियो ।

चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीका अनुसार अबदेखि हरेक वर्ष व्यवसायिक र समीक्षात्मक कोणबाट उत्कृष्ट हुने फिल्मका निर्देशकलाई ‘वर्ष निर्देशक’को रुपमा पुरस्कृत गरिनेछ । साथै, हीरासिंह खत्री स्मृति सम्मानसमेत प्रदान गरिने भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि अभिनेता हमालले सबैजना एकजुट भए चलचित्र ऐन बनाउने कार्यमा आफू सघाउन तयार रहेको बताएका थिए । सभाको अध्यक्षता संघका अध्यक्ष पराजुलीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?