+
+

नाजिर र सृष्टिले जनकपुरमा थाले ‘केटी हराएको सूचना’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २९ गते १२:२८

काठमाडौं । सृष्टि श्रेष्ठ र नाजिर हुसेनले मंगलबारदेखि जनकपुरमा आगामी फिल्म ‘केटी हराएको सूचना : मिसिङ’को छायांकन थालेका छन् । काठमाडौंमा तीन दिन सुटिङ गरेर टोली धनुषा लागेको हो ।

एक महिनाको सेड्युल रहेको फिल्मको बाँकी छायांकन सबै जनकपुरमा हुनेछ । निर्माता नकिम उद्दिनले सबै सुटिङ जनकपुरमै हुने जानकारी दिए । यो फिल्मलाई ‘उजेली’ सिरिज फेम्ड दीपेन्द्र गौचनले निर्देशन गरिरहेका छन् ।

सन् २०२४ मै प्रदर्शन हुने लक्ष्य लिइएको फिल्मलाई ट्राइ-सिटी पिक्चर्सले निर्माण गरिरहेको छ । यो ब्यानरमा यसअघि ‘म्यान फ्रम काठमाण्डू’ निर्माण भइसकेको छ ।

‘मिसिङ’ सृष्टि र नाजिरको पहिलो सहकार्य प्रोजेक्ट पनि हो । फिल्ममा यी दुईबाहेक स्थानीय कलाकार पनि हुनेछन् । यो थ्रिलर फिल्मलाई लिएर आफूहरु उत्साहित रहेको सृष्टि र नाजिरको कथन छ ।

निर्माता उद्दिनले फिल्मको व्यावसायिक प्रदर्शन आफूहरुको उद्देश्य रहेको बताए । निर्माण नियन्त्रक अरुण रेग्मीले जनकपुरका विभिन्न क्षेत्रमा सुटिङ हुने जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?