+
+

‘केटी हराएको सूचना’मा नाजिर र सृष्टिले जोडी बाँध्ने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते १३:०५

काठमाडौं । दीपेन्द्र गौचनको लेखन तथा निर्देशनमा बन्ने फिल्म ‘केटी हराएको सूचना’मा नाजिर हुसेन र सृष्टि श्रेष्ठले जोडी बाँध्ने भएका छन् । सोमबार फिल्मको घोषणा गर्दै नाजिर र सृष्टिलाई शीर्ष भूमिकामा अनुबन्धित गरिएको जानकारी दिइएको हो ।

यो फिल्ममा नाजिर र सृष्टिले पहिलोपटक सहकार्य गर्न लागेका हुन् ।

ट्राइसिटी पिक्चर्स प्रोडक्सन कम्पनीबाट निर्माण हुन लागेको ‘केटी हराएको सूचना’को निर्माता क्यूएफएक्स सिनेमाजका सञ्चालक नकिम उद्दिन छन् । गौचनले यसअघि टेलिसिरियल ‘उजेली’ निर्देशन गरेका थिए, जसलाई निकै रुचाइएको थियो ।

बिहीबारदेखि छायांकन सुरु हुने फिल्मलाई काठमाडौं र जनकपुरमा खिचिने जनाइएको छ । फिल्मलाई अम्बर महर्जनले खिच्नेछन् ।

नाजिरको मुख्य भूमिका रहेको फिल्म ‘अगत्स्य च्याप्टर १’ सिनेमा हलमा प्रदर्शन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?