+
+

कार्तिक आर्यन र तृप्ति डिमरी स्टारर ‘भुलभुलैया ३’ को छायांकन सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २९ गते १२:५५

काठमाडौं । कार्तिक आर्यन, विद्या बालन र तृप्ति डिमरी ‘भुलभुलैया ३’ मार्फत दर्शकलाई पुनः एकपटक मनोरञ्जन दिने तयारीमा छन् । अनिष बजमीको निर्देशन र भूषण कुमारले निर्देशन गर्ने यो फिल्म प्रतीक्षित प्रोजेक्ट समेत हो ।

यतिबेला भने यो फिल्मलाई लिएर नयाँ खबर छ । यी तीन कलाकारले मुहूर्त पूजा गर्दै छायांकन थालेका छन् । अघिल्ला दुई श्रृंखला व्यावसायिक रुपमा हिट भइसकेको फिल्मको तेस्रो श्रृंखला आगामी तिहारमा प्रदर्शन हुने जनाइएको छ ।

विद्या बालनले सेटबाट छायांकन दृश्य सेयर गर्दै इन्स्टाग्राममा लेखेकी छन्, ‘प्रतिभाशाली कलाकार कार्तिक आर्यन र तृप्ति डिमरीसँग पुनः एकपटक यो रोचक फिल्मको छायांकन सुरु गरेकोमा उत्साहित छु । २०२४ को दिवाली पर्खन अधैर्य छु ।’

हरर, कमेडी र थ्रिलर कथावस्तुको मिश्रण रहेको यो फिल्म आफ्नो करिअरको सबैभन्दा ठूलो प्रोजेक्ट रहेको कार्तिक आर्यनले उल्लेख गरेका छन् । उनले मुहूर्त पूजाको फोटो सेयर गर्दै फ्यानलाई यसबारे जानकारी समेत दिएका छन् । यो तेस्रो श्रृंखलामा कियारा आडवाणीको ठाउँमा ‘एनिमल’ फेम्ड तृप्तिले अभिनय गर्न लागेकी हुन् ।

‘भुलभुलैया’को पहिलो श्रृंखला सन् २००७ मा रिलिज भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?