+
+

कार्तिक आर्यनलाई लिएर करण जोहरले घोषणा गरे नयाँ फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ६ गते १२:१०

काठमाडौं । करण जोहर र कार्तिक आर्यनको दुश्मनी टुंगिएको जस्तो देखिएको छ । कार्तिकलाई लिएर बुधबार करणले फिल्म निर्माणको घोषणा गरेका छन् । फिल्मको शीर्षक भने तय भइसकेको छैन ।

यी दुईबीच दुश्मनी रहेको चर्चाबीच करणले आफ्नो ब्यानर धर्मा प्रोडक्सनबाट फिल्म बनाउने घोषणा गरेका हुन् । यो फिल्मको निर्माणमा एकता कपुरको बालाजी मोसन पिक्चर्ससँग सहकार्य गर्ने जनाइएको छ ।

कार्तिकको ३३ औं जन्मदिनमा बुधबार धर्मा प्रोडक्सनको सामाजिक सञ्जालबाट यसबारे जानकारी दिइएको छ । सन्दीप मोदीले निर्देशन गर्ने बताइएको यो फिल्मको रिलिज सन् २०२५ को १५ अगस्टमा हुने उल्लेख छ ।

करणले पनि इन्स्टाग्राममा फिल्मको घोषणा गर्दै लेखेका छन्, ‘यो विशेष दिनमा विशेष समाचारबाट दिनको सुरुवात गर्न चाहन्छु । सन्दीप मोदीले निर्देशन गर्ने फिल्ममा धर्मा प्रोडक्सन र बालाजी मोसन पिक्चर्सले सहकार्य गर्नेछन् । यो कथाका लागि निकै प्रतिभावान कार्तिक आर्यन हुनेछन् ।’

करणले कार्तिकलाई जन्मदिनको शुभकामना समेत दिएका छन् । उनी लेख्छन्, ‘कार्तिक तिमीलाई जन्मदिनको शुभकामना । हाम्रो सहकार्य यहाँदेखि बलियो हुँदै अघि बढ्नेछ । फिल्मको ठूलो पर्दामा आफ्नो जादू छर्न कहिल्यै नछोड्नुस् ।’

कार्तिकले पनि ट्वीटर (एक्स)मार्फत घोषणा गर्दै लेखेका छन्, ‘वीरता र बलिदानले भरिएको हाम्रो गौरवशाली भारतीय इतिहासको एउटा अविष्मरणीय अब मेरो जीवनको हिस्सा बन्न गइरहेको छ । यो कथावस्तु मेरो हृदयको नजिक छ । अत्यन्तै गर्वको साथमा नयाँ अध्याय सुरु गर्न पाउँदा म उत्साहित छु ।’

कार्तिक र करणबीच यसअघि ‘दोस्ताना २’ मा सहकार्य भएको थियो । तर फिल्मको सेटमा भएको विवादले उक्त प्रोजेक्ट रोकिएको थियो । त्यसपछि धर्मा र करणले यसबारे मौनता साँध्दै फिल्मलाई लिएर रिकास्ट हुने बताएका थिए ।

पिंकभिल्लासँगको हालैको एक अन्तर्वार्तामा करणले ‘दोस्ताना २’ नबने पनि कार्तिक आर्यनसँग सहकार्य गर्न मन लागेको बताएका थिए । कार्तिक र एकता कपुरबीच गत वर्ष डिज्नी प्लस हटस्टारको फिल्म ‘फ्रेडी’का लागि सहकार्य भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?