+
+

आमाको रोलबारे वर्षा राउत : ‘टाइपकास्टको आरोपबाट मुक्त हुन खोजेकी हुँ’

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २९ गते १६:४३

काठमाडौं । वर्षा राउतले आठ वर्ष लामो अभिनय करिअरमा जति फिल्म खेलिन्, ती सबैमा उनको चारित्रिक विविधता देखिन्छ । डेब्यु फिल्म ‘नाइँ नभन्नु ल ४’ देखि ‘महाजात्रा’सम्म आइपुग्दा उनको करिअरको ग्राफ आकर्षक छ । अभिनय गरेका १६ फिल्म हेर्दा उनी ‘लभरगर्ल’को स्टेरियोटाइपबाट केही मुक्त छिन् । ‘जात्रा’का तीन श्रृंखलामा उनको चरित्र चित्रण पनि भिन्न छ ।

पहिलो श्रृंखलामा लभरगर्ल, दोस्रोमा पत्नी र तेस्रोमा आमाको भूमिकामा उनी देखिएकी छन् । प्रायः चलेका अभिनेत्री आफूलाई आमाको भूमिकामा रुपान्तरण गर्न मान्दैनन् । तर वर्षाले यो चरित्रलाई सहजै स्वीकारिन् ।

उनी भन्छिन्, ‘आफूलाई फरक भूमिकामा प्रस्तुत गर्ने सोच सहित अभिनयमा आएकी हुँ । हिरोइनमा सीमित नभई कलाकार बन्ने सोच बोकेर आएको हुँदा पनि मलाई ती भूमिका गर्न हुन्न कि भन्ने नै लागेन ।’

‘टाइपकास्ट’ हुनु कलाकारको बाध्यता रहेको उनको तर्क छ । ‘हामीलाई आइरहेको प्रस्तावमा आफूलाई राम्रो लाग्ने भूमिका छनोट गर्नुपर्छ । केही समय फिल्ममा देखिएन भने फलानो हरायो भनेर खबर आउँछ,’ उनले भनिन्, ‘त्यसैले आफूलाई पर्दामा ल्याइराख्नुपर्ने दबाबसँगै फरक गर्नुपर्ने चुनौती पनि हामीसँग छ । पछिल्लो भूमिकाभन्दा फरक होस् भने हरेक पटक प्रयास गरिरहेकी हुन्छु ।’

समाजमा देखिने तर महसुस गर्न नसकिएको कथामा काम गर्न लागेको उनी बताउँछिन् । ‘ती पात्रप्रति समाजले निर्माण गर्ने दृष्टिकोण, पात्रभित्रको मनोविज्ञान र जीविकोपार्जनका लागि गरिने संघर्ष आफ्नो पात्रबाट व्यक्त गरौं भन्ने लाग्छ,’ वर्षा भन्छिन्, ‘कमर्सियल भ्यालु बोकेको आर्ट फिल्ममा देखिन मन लागिरहेको छ ।’

वर्षाको पछिल्लो फिल्म ‘महाजात्रा’ चैत ९ गते प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?