+
+

त्रिकोणात्मक टी-२० आई सिरिज फाइनल : नेपालको ब्याटिङमा कमजोर सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३० गते १४:३५

३० फागुन, काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीले प्रस्तुत गरेको १७२ विजयी लक्ष्य पछ्याउने क्रममा कमजोर ब्याटिङ सुरुवात गरेको छ ।

नेपालले १०.३ ओभरमा ५ विकेट गुमाउँदै ६४ रन बनाएको छ । आरिफ शेख र विवेक यादव क्रिजमा छन् ।

सन्दीप जोरा १७ रनमा आउट भए । उनलाई चाँद सोपरले सेसे बाउको हातबाट क्याच गराए ।

तीव्र गतिका बलर कबुवा मोरेवाले ओपनर कुशल भुर्तेललाई ५ र विनोद भण्डारीलाई ४ रनमा क्याच आउट गर्दै पपुवा न्युगिनीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।

गुल्शन झा १० बलमा १ चौकासहित ६ रनमा रन आउट भए । सेसे बाउको आठौं ओभरको पहिलो बलमा रोहित पौडेल १२ रनमा वैकल्पिक फिल्डर चार्ल्स अमिनबाट क्याच आउट भएपछि नेपाल ३७-४ को अवस्थामा पुगेको थियो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनिले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनाएको थियो ।

पपुवा न्युगिनिका लागि ओपनर टोनी उराले सर्वाधिक ६१ रन बनाएका थिए । नेपालका कुशल भुर्तेल र आकाश चन्दले तीन/तीन, करण केसी र गुल्शन झाले एक/एक विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?