+
+

कास्कीका पालिकाको वित्तीय सुशासन मूल्यांकनमा रुपा पहिलो, पोखरा कमजोर

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३० गते १९:४२

३० फागुन, पोखरा । जिल्ला समन्वय समिति कास्कीले जिल्लाका ५ पालिकाको आर्थिक वर्ष २०७९/८०को  वित्तीय सुशासन जोखिम मूल्यांकन (एफआरए) को नतिजा सार्वजनिक गरेको छ ।

समितिले मंगलबार सार्वजनिक गरेको नतिजा अनुसार पोखरा महानगर सबैभन्दा कमजोर देखिएको छ भने रुपा गाउँपालिका कास्कीका पालिकामध्ये अब्बल देखिएको छ ।

सबैजसो पालिकाले औसत अंक ल्याउँदा पनि रुपाको ६७ अंक ल्याउँदै वित्तीय सुशासन जोखिम मूल्यांकनमा पहिलो बनेको हो भने ६० अंकका साथ पोखरा महानगरपालिका अन्तिममा परेको छ ।

पोखरा महानगर वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा पनि ६ महानगरमध्ये अन्तिममा परेको थियो ।

वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि २०७७ का आधारमा समितिले गरेको कास्कीका पालिकाको मूल्यांकनमा माछापुच्छ्रे गाउँपालिकाले ६४.५ अंक पाएको छ भने अन्नपूर्णले ६२ र मादी गाउँपालिकाले ६०.५ अंक प्राप्त गरेका छन् ।

सुशासन र समृद्धिको महत्वपूर्ण जग नै वित्तीय सुशासन भएकोले हरेक पालिकाले ध्यान दिनुपर्ने सुझाव जिल्ला समन्वय समितिका प्रमुख लिलाधर पौडेलको छ । पौडेलले वार्षिक कार्ययोजनामुताबिक कार्य सम्पादन गर्न पालिकाकहरुलाई आग्रह गरे ।

समितिले विभिन्न ११८ वटा सूचकमा आधारित भएर १ सय पूर्णांकमा मूल्याकन गरेको थियो । योजना बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, अगुमन मूल्यांकन तथा लेखा परीक्षण, राजश्व व्यवस्थापन लगायतका क्षेत्र तोकेर मूल्यांकन गरिएको प्रमुख पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?