+
+

साम्राज्ञी शाह स्टारर ‘लण्डन टु पेरिस’ जेठ २५ मा आउने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १ गते १७:१७

काठमाडौं । साम्राज्ञी शाह स्टारर रोमान्टिक ड्रामा ‘लण्डन टु पेरिस’को प्रदर्शन मिति तय भएको छ । निर्माताले बिहीबार पोस्टर सार्वजनिक गर्दै जेठ २५ गतेलाई रिलिज मितिको रुपमा घोषणा गरेका हुन् ।

फिल्ममा अभिनेत्री शाह र डेब्यु अभिनेता निश्चल खड्काको शीर्ष अभिनय छ । पोस्टरमा यी दुई कलाकारको चुम्बन र रोमान्टिक दृश्यलाई चित्रण गरिएको छ ।

कवीर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिष श्रेष्ठ र मनीष गान्धीको पनि फिल्ममा अभिनय छ । म्युजिक भिडियोकी व्यस्त मोडल गरिमाको पनि यो डेब्यु फिल्म हो ।

यात्राको क्रममा हुने प्रेमकथालाई फिल्मले प्रस्तुत गर्छ । ‘धौली’ फेम्ड घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । फिल्म निर्माणमा गौतम प्रोडक्सन र अर्चिड भेस फिल्स्स लिमिटेडले सहकार्य गरेका छन् । पटकथा प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्ममा अमित बस्नेत, आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताको रुपमा छन् ।

सिनेमामा अभेद परवको छायांकन, हर्कुलेस बस्नेत, एसडी योगी, बियोन्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पार्श्व संगीत, लंगनेस फर्नान्डेजको नृत्य निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?