+
+

अमिताभ बच्चन अस्पताल भर्ना

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २ गते १५:१५

काठमाडौं । भारतीय अभिनेता अमिताभ बच्चनको एन्जियोप्लास्टी शल्यक्रिया गरिएको छ । ८१ वर्षिय अभिनेतालाई शुक्रबार बिहान मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना गरिएको छ ।

भारतीय संचारमाध्यमका अनुसार उच्च सुरक्षासहित बच्चनलाई अस्पताल पुर्‍याइएको थियो । यसबारे ट्वीट गदै अमिताभले भनेका छन्- तपाईलाई सँधै धन्यवाद ।’ सर्जरीपछि यो ट्वीटमार्फत उनले शुभचिन्तकलाई धन्यवाद दिएको बताइएको छ । उनको स्वास्थ्य अवस्थामा यतिबेला सुधार आएको जनाइएको छ ।

सन् २०२२ मा ‘कौन बनेगा करोडपति १४’को शोका क्रममा अमिताभको खुट्टाको नशा धातुको ब्लेडले काटिएको थियो । त्यतिबेला रगत निकै बगेको थियो । त्यसपछि उनलाई अस्पताल लगिएको थियो ।

अमिताभले सन् २०२० मा ट्वीट गरेर आफू कोभिडबाट संक्रमित भएको जानकारी दिएका थिए । त्यतिबेला उनी दुई महिनासम्म उपचारका लागि अस्पतालमा भर्ना भएका थिए । यसपछि सन् २०२२ मा पनि उनी कोभिड संक्रमित भए ।

सन् २०१८ को फिल्म ‘ठग्स अफ हिन्दोस्तान’मा एक्सन दृश्य गर्दा उनको काँधमा चोट लागेको थियो । यद्यपि त्यो चोट गम्भीर थिएन । उनलाई बडी डबल प्रयोग गर्न सल्लाह दिइएको थियो तर उनले दृश्य आफैं गर्ने निर्णय गरे ।

सन् २००० मा अमिताभलाई हेपाटाइटिस बी भएको पत्ता लाग्यो । फिल्म ‘कुली’को सेटमा भएको दुर्घटनापछि बिग बीलाई रगतको आवश्यकता हुँदा रक्तदाताको भीड थियो । उनलाई २ सय दाताबाट ६० बोतल रगत दिइएको थियो ।

सन् २००० मा अमिताभको पेटमा कडा दुखाइ महसुस भयो । अस्पतालमा जाँदा उनको आन्द्रामा समस्या भएको पत्ता लाग्यो जसको लागि उनले आन्द्राको शल्यक्रिया गरेका थिए ।

दुर्घटना हुनुअघि पनि अमिताभ बच्चनलाई कलेजोमा समस्या थियो र दमको रोग पनि थियो । शल्यक्रियाको भोलिपल्टै उनलाई निमोनिया भयो जसले उनको अवस्था बिग्रियो । बैंगलोरमा उपचारपछि उनलाई एयरबसबाट मुम्बई लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?