+
+

दाङमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३ गते ८:५१

३ चैत, दाङ । दाङमा टिप्परको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ भैसाहीका ४५ वर्षीय कालीप्रसाद चौधरी रहेका छन् ।

लमही-घोराही सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका- १७ सिस्ने खोला नजिकै नम्बर नखुलेको टिप्परले शुक्रबार सवा ८ बजे राति ठक्कर दिंदा चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले बताए ।

ठक्करबाट गम्भीर घाइते भएका चौधरीको घोराहीस्थीत राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?