+
+

भक्तपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ३० गते १०:२२

३० मंसिर, काठमाडौं । भक्तपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक काभ्रेको रोशी गाउँपालिका-१० घर भई गठ्ठाघर बस्ने २३ वर्षीय विशाल मैनाली रहेका छन् ।

मैनाली चढेको बा९२प ५५३१ नम्बरको स्कुटरलाई शुक्रबार राति पौने ११ बजे मध्यपुरथिमि नगरपालिका-२ स्थित सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र अगाडि बा४ख २३४७ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट गम्भीर भएका राति ११ बजेर २१ मिनेट जाँदा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

टिपर चालक धादिङका सुरेश तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?