+
+

भोजपुरमा आगोमा जलेर ३ बालबालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते ६:४४

४ चैत, भोजपुर । भोजपुरको हतुवागडी गाउँपालिका-७ मा आगलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईका अनुुसार स्थानीय रमेश कार्कीका ७ वर्षीया छोरी दिप्तिका र ३ वर्षीय छोरा देउनिस तथा केदार कार्कीका ५ वर्षीय छोरा प्रनिशको मृत्यु भएको हो ।

खेलिरहेका बालबालिकाहरु गोठबाट सल्किएको आगोको चपेटामा परेका थिए । घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय घोरेटारबाट प्रहरी निरीक्षकको नेतृत्वमा एक टोली पठाइएको थियो ।

भोजपुरमै आगलागीका कारण ६ घर नष्ट

भोजपुर नगरपालिका-१२ टक्सारको मालबाँसेमा पनि आगलागी भएको छ । जंगलको डढेलो बस्तीमा पस्दा ६ घरगोठ जलेको प्रहरीले जनाएको छ ।

आगलागीबाट स्थानीय विशाल कार्कीका दुई, नरबहादुर कार्कीका दुई र पदम कार्कीको एक घर जलेर नष्ट भएको छ । बसोबास नभएको अर्को एक घर पनि जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जङ्गलबाट सुरु भएको आगलागी हावाहुरीका कारण बस्तीमा फैलिएको हो । सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई आगो निभाउन परिचालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?