+
+

मिथिला माध्यमिकी परिक्रमा आज कञ्चनवन पुगेर होली खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते ८:१९

४ चैत, जनकपुरधाम । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको भंगहा नगरपालिका-९ स्थित कञ्चनवन पुग्दै छ ।

धनुषाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट फागुन २७ गते सुरु भएको परिक्रमा आठौं दिन कञ्चनवन पुग्न लागेको हो ।

परिक्रमा यात्री कञ्चनवन पुगेपछि अबिर दलेर होली खेल्ने गरिन्छ । परिक्रमा यात्री अर्कालाई रङ, अबिर दलेर होली मनाउँछन् । यहीँबाट मिथिलाञ्चलनमा होली पर्वको सुरुवात भएको मानिन्छ ।

कंचनवनमा होली खेल्न तथा अवलोकन गर्न परिक्रमा यात्री बाहेक वरपरका गाउँठाउँबाट हजारौं मान्छे जुट्ने गर्दछन् ।

आज कञ्चनवन पुग्ने परिक्रमा यात्रीलाई भंगहा नगरपालिकाले भव्य स्वागत गर्ने तयारी गरेको छ । तीर्थालुहरूलाई रङ, अबिर, फूलमाला लगाएर भव्य स्वागत गरिने नगरप्रमुख सञ्जीव साहले बताए ।

त्रेतायुगमा सीता र भगवान् रामले एक आपसमा रङ अबिर लगार होली खेलेको धार्मिक विश्वास छ ।

आज राति कञ्चनवनमा विश्राम गर्ने परिक्रमा यात्री सोबार क्रमशः धनुषाको पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कल्याणेश्वर र त्यसपछि पूर्णिमाका दिन जनकपुरधाम फर्कन्छन् ।

जनकपुरमा फागु पूर्णिमाको दिन होलीका दहन पश्चात अन्तरगृह परिक्रमा गरी माध्यमिकी परिक्रमा समापन हुने गर्छ ।

परिक्रमाको क्रममा नेपालका १३ र भारतका दुई गरी जम्मा १५ वटा पडाव स्थल छन् । जहाँ परिक्रमा यात्री रात्रि विश्राम गर्ने गर्दछन् ।

सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वाससहित परिक्रमा यात्री मध्यमा परिक्रममा १३३ किलोमिटर पैदल यात्रा गर्छन् ।

परिक्रमा यात्रीहरु यस अवधिभरको लागि आफ्नो गाँस, बास र कपासको व्यवस्था गरेरै हिंड्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?