+
+

सार्वजनिक पदका व्‍यक्तिको छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गराउन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते १५:५६

४ चैत, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाका सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्नो छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने भएको छ ।

गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्नो छोराछोरीलाई नयाँ शैक्षिक सत्र २०८१ मा सामुदायिक विद्यालयमा अनिवार्य रुपमा भर्ना गर्न आग्रह गरेको छ ।

सामुदायिक विद्यालयहरुलाई थप व्यवस्थित र प्रभावकारी बनाई गुणस्तरीय शिक्षा सुनिश्चितता गर्न सहयोग पुर्‍याउने उद्देश्य रहेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जारले बताए ।

पालिकाभित्रका सार्वजनिक पद धारण गरेका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु र शिक्षक अभिभावक संघका पदाधिकारीहरुको हकमा यो लागू बताइएको छ ।

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गराई पालिकाको शिक्षालाई बालमैत्री, गुणस्तरीय, प्रतिस्पर्धी एवं नतिजामुलक बनाउन सहयोग गर्न गाउँपालिकाले सूचना मार्फत अनुरोध समेत गरेको छ ।

पालिकाका ८ वटै वडाहरुमा ‘विद्यार्थी खोजौँ, सामुदायिक विद्यालय बचाऔँ’ अभियान समेत सञ्चालन भएको प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले बताए ।

वडाभित्रको सम्पूर्ण विवरण चैत १५ भित्र शिक्षा, युवा तथा खेलकुद शाखा, घ्याम्पेशालमा पठाउन समेत अनुरोध गरिएको छ । आफ्ना बालबालिकाहरुलाई सामुदायिक विद्यालयमा भर्ना गराएको जानकारी गराउन समेत भनिएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?