+
+

मेयरका आमाबुबाले दान दिएको जग्गामा भंगहा नगरपालिका भवनको शिलान्यास

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते १७:५४

४ चैत, जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ ।

मेयर संजिव कुमार साहका बुबा अशेश्वर साह र आमा फुली सुँडीले दान गरेको जग्ग १० कठ्ठा १९ धुर जग्गामा भवनको शिलान्यास गरिएको हो ।

भंगहा नगरपालिका ५ सीतापुर स्थित सो जग्गामा बन्न लागेको भवनको आइतबार लोसपाका बरिष्ठ नेता तथा निवर्तमान श्रम तथा रोजगार मन्त्री सरतसिंह भण्डारीले शिलान्यास गरेका हुन् ।

१० करोड ९१ लख ४२ हजार ६२३ रुपैयाँको लागतमा भवन बन्न लागेको नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत विजय यादवले जानकारी दिए ।

शिलान्यासको अवसरमा जग्गा दाता मेयरका बुबा र आमालाई सम्मान गरिएको छ । मेयर साहका अनुसार सो जग्गाको चलनचलती मूल्य अनुसार डेढ करोड भन्दा बढी मूल्यको रहेको छ ।

भवन बन्न लागेको जग्गाको नजिक मेयर साहकै घरमा विगत तीनवर्षदेखि नगरपालिकाको कार्यालय रहेको छ । जुन निःशुल्क भाडामा उपलब्ध गराइएको मेयरले घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?