+
+

गैरकानुनी आर्जनको अभियोगमा टेलिकमका इन्जिनियरविरुद्ध मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते १८:०३

४ चैत, काठमाडौं । नेपाल टेलिकमका इन्जिनियर निर्मलप्रसाद सिटौलाले गैरकानुनी रूपमा १ करोड ६१ लाख रुपैयाँ आर्जन गरेको आरोपमा मुद्दा दायर भएको छ ।

टेलिकमको स्थायी कर्मचारी हुँदाहुँदै अनुमति बिना व्यापार तथा ठेक्कापट्टा गरेर अवैध आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सिटौलाले हिम्दुङ एण्ड थोकर कन्स्ट्रक्सन कम्पनी चलाएर व्यापार गरेको र सूर्यविनायक–बर्दिबास सडक आयोजना ठेक्का लिइ प्रतिनिधिका रूपमा हस्ताक्षर गरी रकम बुझेको अख्तियारले दायर गरेको मुद्दामा उल्लेख छ ।

सिटौलाले व्यापार व्यवसाय गर्न वा ठेक्कापट्टामा सहभागी हुन नेपाल टेलिकमबाट स्वीकृति लिएका थिएनन् । उनले हिम्दुङ कन्स्ट्रक्सन कम्पनीबाट पारिश्रमिक र मुनाफा गरी १ करोड ६१ लाख आर्जन गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले उक्त रकमलाई बिगो कायम गरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न मागदाबी समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?