+
+

‘शैतान’ बन्यो धेरै कमाउने भारतीय हरर फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ५ गते १८:०६

काठमाडौं । पुनः एकपटक अजय देवगणको जादू बलिउडको बक्स अफिसमा चम्किएको छ । उनी अभिनित ‘शैतान’ले प्रदर्शनको दोस्रो सातामा पनि दर्शकको राम्रै साथ पाएको छ । तथ्यांक हेर्दा फिल्म ब्लकबस्टर बन्ने बाटोतर्फ अघि बढेको छ ।

‘शैतान’मा ज्योतिका र आर माधवनको भूमिकालाई पनि रुचाइएको छ । माधवले निर्वाह गरेको भिलेनको भूमिकाले दर्शकलाई प्रभावित तुल्याउँदै हरर फिल्मको माहोल बनाएको छ । विकास बहल निर्देशित फिल्मले दोस्रो साता बक्स अफिसमा पनि उछाल कमाइ गरिरहेको जनाइएको छ ।

‘शैतान’को दोस्रो शुक्रबार थप दुई नयाँ फिल्म रिलिज भए तर कुनै पनि फिल्मले यसको गतिलाई रोक्न सकेनन् । भारतीय बक्स अफिसमा ‘शैतान’ दुई नयाँ फिल्ममाथि नै भारी परेको देखिएको छ ।

पहिलो साता ८१.६० करोड भारु कमाएको फिल्मले दोस्रो शुक्रबार ५.१२ करोड भारु कमायो । शनिबार ९.१२ करोड भारुको कलेक्सन थियो । योसँगै फिल्मको कलेक्सन ९५ करोडभन्दा बढी रह्यो ।

आइतबार फिल्मले १० करोड हाराहारीमा कलेक्सन गरेको भनिएको छ । योसँगै नेट कलेक्सन १०० करोडभन्दा बढी पुगेको छ । आइतबारसम्मको कुल कलेक्सन १०५ करोड देखिन्छ ।

योसँगै शैतान धेरै कमाउने भारतीय हरर फिल्म समेत बनेको छ । अहिले पनि हलमा चलिरहेकाले कमाइमा वृद्धि हुनसक्छ । यसअघि ‘राज ३’ ले ७० करोड भारु कमाएको थियो । ‘रागिनी एमएमएस २’ ले ४६.७८ करोड भारु, ‘भूत पार्ट १’ ले ३०.६८ करोड भारु र ‘एकथी डायन’ले २६.८१ करोड भारु कमाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?