+
+

अजय देवगनको जन्मदिनमा ‘मैदान’को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २० गते १६:५७

काठमाडौं । बलिउड अभिनेता अजय देवगन मंगलबार ५५ औं जन्मदिन मनाउँदैछन् । यो अवसरमा उनको शीर्ष भूमिका रहेको फिल्म ‘मैदान’को फाइनल ट्रेलर सार्वजनिक भएको छ ।

स्पोर्ट्स ड्रामा बायोपिक जनरामा बनेको फिल्मको दुई मिनेट लामो ट्रेलरमा अजय नयाँ र प्रतिभाशाली खेलाडीको खोजी गर्दै देशभर घुमिरहेको देख्न सकिन्छ ।

फिल्ममा अजय भारतीय फुटबल प्रशिक्षक रहिमको भूमिकामा देखिनेछन् । प्रियामणिले उनकी श्रीमतीको भूमिका निर्वाह गरेकी छन् । फिल्ममा गजराज राव, स्लोचिता र रुद्रनिल घोष पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् ।

‘मैदान’को कथा सन् १९५० देखि १९६३ सम्म भारतीय राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक र व्यवस्थापक रहेका सैयद अब्दुल रहीमको जीवनमा आधारित छ । ट्रेलरमा रहिमले कसरी फुटबलमार्फत देशलाई चिनाउन आफ्नो सम्पूर्ण जीवन बिताए भन्ने देखाइएको छ ।

ट्रेलरको अन्त्यमा अजयले आफ्नो टोलीलाई मैदानमा उपस्थित भीडबाट समर्थनको अपेक्षा नगर्न र काल बनेर खेल्न निर्देशन दिइरहेका छन् । चैत २८ मा रिलिज हुने यो फिल्मको लम्बाइ ३ घण्टा २ मिनेट छ । इदको अवसरमा हिन्दी, तमिल, तेलुगू र कन्नडा भाषामा रिलिज हुने ‘मैदान’ अक्षय कुमार र टाइगर श्राफ स्टारर फिल्म ‘बडे मियाँ छोटे मियाँ’सँग भिड्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?