+
+

त्रिविमा रजिष्ट्रार र रेक्टरका लागि आवेदन माग

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ६ गते १२:३३

६ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले रजिष्ट्रार र रेक्टर पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको छ ।

त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बरालले सूचना जारी गर्दै रजिष्ट्रार र रेक्टरका लागि इच्छुक प्राध्यापकहरूले सात दिनभित्र बायोडाटा बुझाउन अनुरोध गरेका छन् ।

उपकुलपतिले जारी गरेको सूचनाअनुसार इच्छुक प्राध्यापकहरूले मंगलबारदेखि सात दिनभित्र उपकुलपतिको इमेल ठेगानामा आफ्नो बायोडाटा बुझाउनुपर्नेछ ।

यी दुई पदमा उपकुलपतिले सिफारिस गरेको व्यक्तिलाई कुलपतिले नियुक्ति गर्ने व्यवस्था छ ।

गत १२ पुसमा रजिष्ट्रार पेशल दाहालको कार्यकाल पूरा भएको थियो । त्यसपछि रिक्त पदमा १८ पुसदेखि कानुन संकायका डीन डा. कृष्णप्रसाद बस्याल निमित्त रजिष्ट्रार नियुक्त भएका थिए ।

यसअघि रेक्टर रहेका प्रा. डा. शिवलाल भूसालको कार्यकाल भने ६ चैतमा पूरा हुँदै थियो । तर भूसाल निमित्त उपकुलपति भएपछि रिक्त रेक्टर पदमा निमित्त उपकुलपति भूसालले कृषि तथा पशुविज्ञान संकायका डीन प्रा.डा. भार्गव धिताललाई निमित्त रेक्टरको जिम्मेवारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?