+
+

अंग्रेजी भाषा तथा प्रायोगिक भाषाविज्ञान सम्मेलन हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ६ गते १४:४५

६ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको अंग्रेजी शिक्षा विभागले १५ र १६ वैशाखमा अन्तर्राष्ट्रिय अंग्रेजी भाषा तथा प्रायोगिक भाषाविज्ञान सम्मेलन गर्ने भएको छ ।

त्रिवि केन्द्रीय क्याम्पसको अडिटोरियम हलमा हुने सम्मेलनमा अंग्रेजी भाषा शिक्षणमा रुपान्तरण नव–प्रवर्तन, सहकार्य र उत्प्रेरणा विषयमा छलफल हुनेछ ।

सम्मेलनका संयोजक तथा अंग्रेजी शिक्षा विभाग प्रमुख डा.गोपालप्रसाद पाण्डेका अनुसार अंग्रेजी भाषा शिक्षणका हालका प्रवृत्ति र विधिहरु साझेदारी गर्न सम्मेलन आयोजना गरिएको हो ।

नेपालसहित १२ राष्ट्रका ५०० भन्दा बढी विज्ञ सहभागी हुने सम्मेलनमा शिक्षकहरुको पेशागत विकास, भाषा शिक्षणमा रुपान्तरण, शिक्षणमा उत्प्रेरणा र सहकार्य, नव–प्रवर्तनमा आधारित भाषा शिक्षण पद्धति, शिक्षण र प्रविधि लगायत ९० भन्दा बढी अनुसन्धानकर्ताहरुबाट कार्यपत्रहरु प्रस्तुत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?