+
+

राखेपले दशरथ रंगशालाको खेल मैदानको संरक्षण आफैं गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ७ गते ९:२८

७ फागुन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको खेल मैदान आफैंले संरक्षण गर्ने भएको छ  ।

राखेप मातहत रहेको दशरथ रंगशालाको खेल मैदान विगत लामो समयदेखि अखिल नेपाल फुटबल संघले मर्मत सम्भार तथा संरक्षण गर्दै आएकोमा मैदानको गुणस्तर र स्तरोन्नतिमा सन्तोषजनक कार्य नभएकोले राखेप आफैंले संरक्षण गर्ने निर्णय गरेको हो ।

संरक्षण गर्ने प्रारम्भिक कार्य मंगलबारदेखि नै सुरु भएको राखेपले जनाएको छ ।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को परिच्छेदको नियम २० को उपनियम (३) मा पनि राखेप मातहतका भौतिक पूर्वाधारहरुको संरक्षण र सम्बर्धन राखेपले नै गर्ने भनी उल्लेख छ ।

उक्त खेल मैदानको संरक्षण गर्न दैनिक आवयश्क पर्ने जनशक्तिको पनि राखेपले व्यवस्था गरिसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?