+
+

खेलाडीलाई आहार र पोषण सम्बन्धी तालिम

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ११ गते ९:२४

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका विभिन्न खेलका खेलाडी र प्रशिक्षकलाई आहार र पोषण सम्बन्धी तालिम प्रदान गरेको छ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा भएको तालिममा सञ्जय महर्जनले सहभागीलाई कुन खाना कति मात्रमा खादा उपयुक्त हुने भन्ने विषयमा ज्ञान दिएका थिए ।

राखेपले खेलाडीलाई उपलब्ध गराएको खुराक खर्च सदुपयोग होस् भन्ने उद्देश्यले तालिम सञ्चालन गरिएको राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले जनाएका छन् । उनले खेलाडीले सन्तुलित आहार सेवन गरुन् भन्ने कुरालाई मध्यनजर गरी डाइट खाने ठाउँमा गएर डाइटिसियनले अनुगमन पनि गरिरहेको बताए ।

यसअघि खेलाडीको फिजिकल टेस्ट र स्ट्रेन्थ ट्रेनिङको परीक्षण भएको थियो । अब खेलाडीको स्वास्थ परीक्षण, योगा कक्षा, मोटिभेसन कक्षालगायत सञ्चालन गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?