+
+

नेपाल र भारतका निर्माताको संयुक्त लगानीमा एक्सन फिल्म ‘साम्राज्य’ बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ९ गते १४:०१

काठमाडौं । प्रशान्त ताम्राकार र भोजपुरी अभिनेता कुन्दन भारद्वाजलाई शीर्ष भूमिकामा लिएर बाबु बलामीले नयाँ फिल्म ‘साम्राज्य’ निर्देशनको घोषणा गरेका छन् ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा यो इन्डो–नेपाली फिल्मबारे जानकारी दिइयो । फिल्मा देव सिंह, अनुजा लेप्चाको पनि अभिनय हुनेछ ।

निर्देशक बलामीले नेपाली र हिन्दी भाषामा फिल्म रिलिज हुने जनाए । उनले यसअघि हिन्दी र नेपाली भाषामा खिचेको फिल्म ‘देववाणी’ पनि रिलिज तयारीमा छ ।

हरि घलेले खिच्ने फिल्ममा शंकर अधिकारी घायलले गीत रचना गर्नेछन् । अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने फिल्ममा हीराबहादुर लेप्चा र पूर्णिमा लेप्चाको लगानी रहनेछ ।

जेठ महिनाको अन्त्यदेखि छायांकन सुरु हुने फिल्ममा केही नेपाली र भारतीय कलाकार छनोटको चरणमा रहेको जनाइएको छ । एक्सन जनरामा निर्माण हुने फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने निर्माता लेप्चाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?