+
+

सरकारद्वारा एनसेल सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ९ गते १७:१२

काठमाडौं । पूर्वसूचना प्रणालीमा पुर्‍याएको योगदान बापत एनसेल सम्मानित भएको छ ।

पूर्वसूचना प्रणाली सञ्चालनका लागि जल तथा मौसमजन्य विपद्को सूचना सम्प्रेषणमा पुर्‍याएको अतुलनीय योगदानको उच्च मूल्यांकन गर्दै सरकारले सम्मान गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बिहीबार काठमाडौंमा आयोजित नेसनल वर्कसप अन अर्ली वार्निङ् सिस्टम कार्यक्रममा जलस्रोत तथा सिँचाइ सचिव सुशीलचन्द्र तिवारीले एनसेललाई सम्मान स्वरुप कदर पत्र प्रदान गरेका हुन् ।

पूर्वसूचना प्रणालीमा अग्रणी भूमिका खेल्दै सन् २०१६ देखि एनसेलले जल तथा मौसम विभागसँगको सहकार्यमा बाढीको जोखिम रहेको ठाउँमा बसोबास गर्ने मानिसहरुलाई पूर्व सूचना प्रवाह गदै आएको छ ।

जल तथा मौसम विज्ञान विभागसँग पूर्वसूचना प्रणालीका लागि निरन्तर सहकार्य गर्न पाएकोमा खसी लागेको भन्दै एनसेलका चिफ रेगुलेटरी एन्ड लिगल अफिसर विशालमणि उपाध्यायले कदर पत्रका लागि सरकारलाई धन्यवाद दिए ।

सम्भावित विपद्‍बाट आम नेपालीको जनधन जोगाउने निरन्तरको प्रयास जारी रहने भन्दै उनले नेपाली जनताको हितका लागि सदैव काम गर्न तत्पर रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?