+
+

अन्जन धमलाको नेतृत्वमा ई-स्पोर्ट्स संघ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ९ गते १९:३१

९ चैत, काठमाडौं । ई स्पोर्ट्स संघ नेपाल (इसान)को अध्यक्षमा अन्जन धमला नसर्वाचित भएका छन् ।

ई स्पोर्ट्स संघ नेपालको पहिलो साधारण सभाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य अञ्जन धमलाको अध्यक्षतामा १६ सदस्यीय केन्द्रीय कार्यसमिति शुक्रबार निर्विरोध चयन गरेको छ ।

संघको वरिष्ठ उपाध्यक्षमा हिमविक्रम केसी, उपाध्यक्षमा कल्दीप राई र पुरन खड्का, महासचिवमा पवन कार्की तथा सचिवमा आशिष दाहाल र बालकुमार केसी निर्विरोध निर्वाचित भए ।

यसैगरी घनश्याम ढुंगेल, सजिब भट्टराई, सिजन भट्टराई, पुकार केसी, डा. घनश्याम पाण्डे, प्रज्ज्वल कडरिया, विपुल भट्टराई, मौसमी लामा र विजय खड्का सदस्यमा चयन भएका छन् ।

राखेपका उपाध्यक्ष शिव कोइरालाले नवनिर्वाचित पदाधिकारीलाई बधाइ दिदै सफल कार्यकालका लागि शुभकामना दिए । त्यसअघि साधारण सभाको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए ।

अब एक उपाध्यक्ष र एक सचिव तथा ३ सदस्यको मनोनयनपछि कार्यसमितिले पूर्णता पाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?