+
+

हैदराबादमाथि कोलकाताको रोमाञ्चक जित

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ११ गते ७:१३

११ चैत, काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपील) २०२४ को तेस्रो खेलमा सनराइजर्स हैदराबादमाथि ४ रनको रोमाञ्चक जित हात पारेको छ ।

जितको लागि २०९ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाउँदै २०४ रन बनायो । अन्तिम ओभरमा जितको लागि १३ रन चाहिए पनि कोलकाताका हर्षित रानाले मात्रै ८ रन खर्चेर २ विकेट लिएका थिए । हैदराबादका ब्याटर हेनरिक क्लासेनले पहिलो बलमा छक्का हाने पनि त्यसपछि हर्षित रानाले पुनरागमन गरेका थिए ।

हैदराबादका हेनरिक क्लासेनले २९ बलमा ८ छक्कासहित सर्वाधिक ६३ रन बनाए । ओपनर मयंक अग्रवाल र अभिषेक शर्मा ३२/३२ रनमा आउट भए । त्यस्तै राहुल त्रिपाठी २०, एडेन माक्ररम १८, अब्दुल सामद १५ र शाहबज अहमद १६ रनमा आउट भए ।

कोलकाताका हर्षित रानाले ३, आन्द्रे रसेलले २, बरुणचक्रवर्ती र सुनिल नारायणले १/१ विकेट लिए । त्यसअघि इर्डेन गार्डेन कोलकातामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै २०८ रन बनायो ।

कोलकाताको जितमा आन्द्रे रसेलले २५ बलमा ३ चौका र ७ छक्कासहित सर्वाधिक ६४ रन बनाए । फिलिप साल्ट ४० बलमा ३ चौका र ३ छक्कासहित ५० रन बनाए । हैदराबादका टि नटराजनले ३, मयंक मारकण्डे २ र प्याट कमिन्सले १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?