+
+

सर्लाहीको पशुसेवा विज्ञ केन्द्रका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १२ गते १७:५७

१२ चैत, काठमाडौं । काम भएको भन्दा बढीको मूल्यांकन गरी सहकारीलाई पैसा दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालिन निमित्त कार्यालय प्रमुख डा. सुनिलकुमार यादवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सर्लाहीको चक्रघट्टा गाउँपालिका-९ गोइयाहीमा सञ्चालित आम्रपाली बहुमुखी सहकारी संस्थालाई आर्थिक वर्ष २०७५/०७६ मा कृषि सेड निर्माणको लागि भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सर्लाहीले दिएको रकममा भ्रष्टाचार भएको अख्तियारको दाबी छ ।

उक्त सहकारीले काम गरेको भन्दा ९ लाख ७७ हजार १६ रुपैयाँ ९४ पैसा बढी भुक्तानी दिएको भन्दै अख्तियारले तत्कालीन निमित्त कार्यालय प्रमुख यादवसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उक्त मुद्दामा अख्तियारले भेटरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका तत्कालीन योजना शाखा प्रमुख सुरेन्द्र महतो कोइरी, चक्रघट्टा गाउँपालिका-९ का तत्कालीन वडाध्यक्ष रामईश्वर ठाकुर लोहार, आम्रपाली सहकारीका अध्यक्ष मृगेन्द्रप्रसाद यादव, उपाध्यक्ष जयनारायण राय र व्यवस्थापक जय नन्दन राय यादवविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?