+
+

सडकको पटके इजाजत अब अनलाइनबाटै

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १३ गते १७:२३

१३ चैत, काठमाडौं । अनलाइनमार्फत अस्थायी बाटो इजाजत (पटके) लिने र भुक्तानी गर्ने सेवाको सुरु भएको छ । मंगलबार यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारीमा आयोजित एक कार्यक्रममा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले सेवाको सुरुवात गरे ।

अब अनलाइन प्रणाली मार्फत सेवाग्राहीले आफ्नो अनुकूल अस्थायी बाटो इजाजत लिन विवरण भरेर अनलाइनबाटै राजस्व तिर्न सक्नेछन । अब पटकेबापतको जारी बिल मोबाइलमा देखाएर यात्रा गर्न सक्नेछन् ।

यातायात व्यवस्था कार्यालयबाट हाल प्रवाह भइरहेको अस्थायी पटके इजाजत सेवालाई मन्त्रालयले विकास गरेको यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) मार्फत जारी हुने यातायात व्यवस्था सेवा कार्यालयले जनाएको छ ।

सेवा सुरुवात गर्दै मन्त्री लम्सालले अस्थायी पटके भुक्तानीबाट व्यवसायीहरुले वर्षाैंदेखिको अन्यौलता र अव्यवहारिक झन्झटमुक्त हुने बताए । अनलाइनमार्फत भुक्तानी हुने भएपछि सेवाग्राहीहरुलाई सहज हुनेमा विस्वास व्यक्त गर्दै मन्त्री लम्सालले अस्थायी बाटो इजाजत पटके भुक्तानीका लागि सेवाग्राही जुनसुकै जटिल अवस्थामा पनि यातायात व्यवस्था कार्यालय पुग्नु पर्ने अबस्थाको अन्त्य गर्न सहज हुने बताए ।

यातायात व्यवस्था सेवा कार्यालयलाई डिजिटाइजेसन गर्न ६÷७ महिना अगाडि देखि काम थालिएकोमा अब देखि घरबाट नै सेवाग्राहीले सेवा पाउने अवस्था बन्दै गएको उल्लेख गरे ।

‘यातायात व्यवस्था कार्यालयलाई सेवाग्राहीमैत्री, पारदर्शी साथै  व्यवस्थित बनाउन र विशेषगरी रातिको समयमा पटके इजाजतको सेवा लिने र दिने काम सहज नहुन सक्छ, यस्तो अवस्थामा अनलाइनले सेवाग्राही र कर्मचारी दुबैलाई सजिलो  हुने छ,’ उनले भने,‘घरमै बसेर सेवाग्राहीले अस्थायी बाटो इजाजत पटकेका लागि फारम भर्ने र कर तिर्ने व्यवस्था मिलाइएको छ ।’

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले अनलाइनबाट पटके पाउने भएपछि कार्यालयमा भीड कम हुने र यसले सेवालाई थप व्यवस्थित बनाउन मद्दत मिल्ने बिश्वास व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?