+
+

पाल्पामा १८ वर्षीया युवती मृत भेटिइन्, हत्याको आशंका

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १३ गते २०:२४

१३ चैत, पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका-१ ख्याहामा स्थानीय १८ वर्षकी पद्‍मा विश्वकर्मा मंगलबार बेलुका मृत अवस्थामा फेला परेकी छन् ।

बिहान ९ बजेतिर नुहाउन गएकी उनी दिउँसोसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा घरदेखि १ किलोमिटर पर कराम्दी भन्ने स्थानमा मृत अवस्थामा भेटिएकाे वडाध्यक्ष चिरञ्जीवि पोखरेलले जानकारी दिए ।

घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले धारितो हतियार प्रयोग भएको देखिएकाले हत्याको आशंका रहेको बताए । घटनाबारे थप अनुसन्धान भइरहेकाे उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?