+
+

एक महिनामा ६ कम्पनीका सेयरमा ‘लकइन’ अवधि सकिँदै

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १४ गते ९:५०

१४ चैत, काठमाडौं । अबको १ महिनामा ६ वटा कम्पनीका सेयरमा लकइन अवधि सकिँदैछ । चैतको बाँकी अवधि र वैशाख १५ गतेभित्र ६ कम्पनीका सेयरमा लकइन सकिने भएको हो । सेयर रजिस्टार कम्पनीहरुले लकइन अवधि सकिने समयावधिबारे सार्वजनिक सूचनामार्फत जानकारी गराएका छन् । लकइन अवधि सकिएपछि ती सेयर कारोबार गर्न योग्य हुनेछ । सेयर संख्या थप हुने र मूल्यमा प्रभाव पर्न सक्ने भएकाले लगानीकर्तालाई पहिले नै लकइन अवधि सकिनेबारे सार्वजनिक सूचनामार्फत जानकारी गराउन थालिएको हो ।

सबैभन्दा पहिले लकइन सकिने कम्पनी हो– सूर्याज्योति लाइफ इन्स्योरेन्स । कम्पनीले कर्मचारीलाई सुरक्षित गरेको २ लाख ९९ हजार २९३ कित्ता सेयरमा चैत २० देखि लकइन अवधि सकिने भएको छ । सो कम्पनीकै संस्थापक समूहबाट सर्वसाधारण समूहमा परिणत भएको ३७ लाख ९१ हजार ९१ कित्ता सेयरमा पनि चैत २० देखि नै लकइन अवधि सकिने भएको छ । यी सेयर साधारणसरह चैत २१ देखि कारोबार हुन सक्नेछ ।

सो कम्पनीको १ करोड १ लाख ७५ हजार ९७९ कित्ता संस्थापक सेयरमा चैत २० देखि नै लकइन अवधि सकिने भए पनि संस्थापक सेयरको कारोबार संस्थापक–संस्थापकबीच मात्रै हुन सक्नेछ ।

चैत २३ मा सोनापुर मिनरल्स एण्ड आयल कम्पनीको म्युचुअल फण्डसँग रहेको ४ लाख २ हजार १९ कित्ता सेयरमा लकइन अवधि समाप्त हुँदैछ । २४ गतेदेखि कारोबार हुनेगरी फुकुवा हुने सेयर रजिस्टार कम्पनी एनआईएमबीएस क्यापिटलले जनाएको छ ।

चैत २५ गते सिंगटी हाइड्रोपावरको संस्थापक, आयोजना प्रभावित तथा कर्मचारीको सेयरमा लकइन अवधि सकिने भएको छ । चैत २६ गतेदेखि ती सेयर सर्वसाधारणसरह कारोबारका लागि खुला हुनेछ । सिंगटीको संस्थापक समूहको १ करोड १ लाख ५० हजार कित्ता, प्रभावित स्थानीयको १४ लाख ५० हजार कित्ता र कर्मचारीको ५८ हजार कित्ता सेयरमा चैत २५ देखि लकइन अवधि सकिने भएको हो ।

वैशाख २ देखि माथिल्लो मैलुङखोला जलविद्युत कम्पनीले म्युचुअल फण्डलाई छुट्याएको ७५ हजार कित्ता सेयरमा लकइन अवधि समाप्त हुनेछ । लकइन अवधि समाप्त भएको भोलिपल्टबाट ती सेयर कारोबार गर्न बाटो खुल्नेछ ।

वैशाख ३ देखि रुरु जलविद्युत् कम्पनीको कुल ४४ लाख ४४ हजार ९७८ कित्ता सेयरमा लकइन अवधि सकिने भएको छ । जसमा संस्थापकको ३९ लाख ४५ हजार ८८८ कित्ता, प्रभावित स्थानीयबासीको ४ लाख ८९ हजार २४५ कित्ता र कर्मचारीलाई सुरक्षित गरिएको ९ हजार ८४५ कित्ता सेयरमा वैशाख ३ गते लकइन अवधि सकिनेछ । यी सेयर वैशाख ४ देखि साधारणसरह कारोबार गर्न खुला हुनेछ ।

त्यस्तै चिरख्वा हाइड्रोपावरले म्युचुअल फण्डलाई छुट्याइएको ४० हजार कित्ता सेयरमा वैशाख १५ देखि ‘लकइन’ समाप्त हुने बिक्री प्रवन्धक आरबीबी मर्चेन्ट बैंकिङले जनाएको छ ।

कुन कम्पनीको कहिले सकिँदैछ लकइन अवधि

कम्पनी ‘लकइन’ सकिने मिति ‘लकइन’ समूह
सूर्याज्योति लाइफ इन्स्योरेन्स चैत २० कर्मचारी, संस्थापक
सोनापुर मिनरल्स एण्ड आयल चैत २३ म्युचुअल फण्ड
सिंगटी हाइड्रोपावर चैत २५ संस्थापक, प्रभावित
माथिल्लो मैलुङखोला वैशाख २ म्युचुअल फण्ड
रुरु जलविद्युत् कम्पनी वैशाख ३ संस्थापक, प्रभावित, कर्मचारी
चिरख्वा हाइड्रोपावर वैशाख १५ म्युचुअल फण्ड

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?