+
+

५० वर्षपछि ‘ढुंगे बगर’ गीतले पायो नयाँ जीवन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १४ गते १४:५६

काठमाडौं । पाँच दशकअघिको चर्चित गीत ‘ढुंगे बगर माया ढुंगे बगर’ले नयाँ जीवन पाएको छ । तीर्थकुमारी थापा र लालबहादुर खातीले गाएको यो गीतलाई तीर्थकुमारी र सुरजकुमार थापाको स्वरमा रिमेक गरिएको छ ।

यो गीतलाई ५० वर्षअघि लालबहादुर खातीले संकलन गरेका थिए । नयाँ गीतमा सुरजकुमार थापाले रि-एरेन्ज गरेका छन् । यसका सर्जक तथा दिवंगत गायक खातीप्रति समर्पित गर्दै तीर्थकुमारीकै स्वरमा गीतको रिमेक गरिएको हो ।

रेडियो नेपालको रेकर्डिङ स्टुडियोमा गीतको श्रव्यदृश्य छायांकन गरिएको छ । गीतमा शम्भु तण्डुकारको रेकर्डिङ तथा मिक्सिङ, किरण कँडेलको मास्टरिङ, निश्चल श्रेष्ठको छायांकन, बिजु कर्माचार्यको सम्पादन र निर्देशन छ । भिडियोलाई तुलसीभक्त कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?