+
+

मिस्टर एण्ड मिस नेसनलमा २४ फाइनलिस्टले प्रतिस्पर्धा गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १५ गते १६:५९

काठमाडौं । सौन्दर्य प्रतियोगिता मिस नेसनल नेपाल-२०२४ को काठमाडौं अडिसन काठमाडौंमा सम्पन्न भएको छ । ज्ञानेश्वरको एटिकमा आयोजित अडिसनमा चार दर्जन सहभागीले सहभागिता जनाए ।

आयोजक संस्था सनुर्वीद्वारा जारी विज्ञप्तिमा देशका विभिन्न स्थानबाट छनोट भएका प्रतियोगीले नेपालको प्रतिनिधित्व गर्दै पोल्याण्ड, अल्बानिया, इजिप्ट र थाइल्याण्डमा सहभागिता जनाउने बताइएको छ ।

विजेताले साढे दुई लाख बराबरको गिफ्ट ह्याम्परसमेत पाउने जनाइएको छ । २४ जना फाइनलिस्टले ट्यालेन्ट, टप मोडल, स्वीम वेयरजस्ता विभिन्न चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

अप्रिल अन्त्यमा फिनाले तय गरिएको छ । टप मोडल र स्वीम वेयर राउन्ड पोखराको द विच रिसोर्ट र कुश्माको हार्नेस जिपलाइनमा आयोजना गरिने उल्लेख छ । पृथ्वी दिवसको अवसर पारेर वृक्षरोपण गर्ने विशेष योजना रहेको आयोजकले जनाएको छ ।

मे महिनामा परिचयात्मक भिडियो सुट, जुलाई महिनामा सुप्रान्यासनलका विजेता पोल्याण्डमा आयोजना गरिने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन् ।

अडिसनमा सन्तोष उपाध्याय, पूर्वमिस नेपाल अर्थ प्रिया सिग्देल, मोडल दिक्पाल कार्की, मिस सुप्रानेसनल २०२२ केशु खड्का र पासरेलो ट्रेनर स्मिथ तामाङले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

सनुर्वी इन्टरनेसनल नेपालले पाँच अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको फ्रेन्चाइजी लिएको छ, जसमा सुप्रानेसनल, मिस ग्लोब, मिस्टर इन्टरनेसनल, मिस इन्टर कन्टिनेन्टल र मिस्टर सुप्रानेसनल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?