+
+

एसईईमा चिट चोराएको आरोपमा नक्कली गार्ड र शिक्षक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १५ गते १९:२४

१५ चैत, काठमाडौं । एसईई परीक्षामा चिट चोराएको आरोपमा बारा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बाराको देवताल गाउँपालिका–६ घर भइ कलैया उपमहानगरपालिका–२ स्थित अमर मावि दोहरीमा कार्यरत शिक्षक सुरेन्द्र यादव र बाराको आदर्शकोतवाल गाउँपालिका–३ घर भइ बारागढी गाउँपालिका–१ मा रहेको जनता मावि बुधगाईका नक्कली गार्डको रुपमा खटिएका विनोदप्रसाद यादव छन् ।

विनोदले नक्कली गार्ड बनेर चिट चोराएको प्रहरीको आरोप छ । पक्राउ परेका शिक्षकले भने मोबाइलमार्फत चिट चोराउन भूमिका खेलेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?