+
+

केही समय पछि कांग्रेस फेरि सरकारमा आउँछ : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १६ गते १३:३९

१६ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस पुनः सरकारमा पुग्ने दाबी गरेका छन् ।

संवाद यात्राका क्रममा कपिलवस्तुको लबनीमा आयोजित कार्यक्रममा बोल्दै थापाले पार्टी फेरि सरकारमा पुग्ने बताए । ‘भर्खर त गएको हो । एक डेढ हप्ता भयो । फेरि आइहाल्छ । धेरै पनि छैन । केही समय पछि फेरि आउँछ । सरकारले त कांग्रेसलाई पछ्याइहाल्छ,’ थापाले भने ।

देशलाई सम्हालेर निराशाबाट बाहिर निकाल्न सक्ने कांग्रेस मात्रै भएको उनले दाबी गरे । एमाले, माओवादी, नयाँ दलले निराशाबाट देशलाई बाहिर निकाल्न नसक्ने उनले बताए । ‘नेकपा एमालेसँग आन्दोलन गर्ने क्षमता छ । मधेसी पार्टीहरुसँग नागकिलाई उद्धेलित बनाउने क्षमता छ । नयाँ पार्टीसँग हल्ला गर्ने क्षमता होला,’ उनले भने ।

२०८२ मा पार्टीको महाधिवेशन हुने उल्लेख गर्दै महामन्त्री थापाले महाधिवेशनबाट पार्टीको विधानमा केही विषय संशोधन गर्नुपर्ने बताए । ‘पार्टीको सदस्यताका लागि अनुदार नबनौं । अरु पार्टीले फर्म भर्नासाथ सदस्यता दिन्छ,’ महामन्त्री थापाले भने, ‘क्रियाशील सदस्यता लिन तीनपुस्ते खुलाउनुपर्ने, कुर्नुपर्ने भन्यौं भने अबको नौजवानले कांग्रेसको सदस्यता लिन कुर्लान् ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?