+
+

५ के-ड्रामा, जुन अप्रिल महिनामा ओटीटीमा आउँदैछन्

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १६ गते १६:४२

काठमाडौं । ‘द क्राउन प्रिन्स ह्याज डिजापियर्ड’, लभ्ली रनर, ब्लडसहित केही रोचक के-ड्रामा आगामी महिना प्रिमियर तयारीमा छन् । तपाईं के-ड्रामाको नियमित दर्शक हुनुहुन्छ भने यो लाइनअप रोचक हुनसक्छ ।

यो सूचीमा रोमान्स, कमेडी, मिस्ट्रीदेखि धेरै जनराका श्रृंखला छन् । दर्शकले धेरै जनराको स्वाद यी श्रृंखलामा पाउन सक्छन् । स्टारकास्ट र मनछुने कथावस्तुका सिरिज हेर्न फ्यान उत्साहित पनि छन् ।

यहाँ अप्रिल २०२४ मा प्रिमियर हुन लागेका केही रोचक के–ड्रामा प्रस्तुत गरिन्छ ।

प्यारासाइट : द ग्रे

साइन्स फिक्सन हरर ‘प्यारासाइट : द ग्रे’ले अन्तरिक्षबाट आक्रमण गर्ने र मान्छेको शक्ति आफूमा खिच्ने परजीवीको कथालाई पछ्याउँछ । कू क्यु ह्वानले हराएको बहिनीलाई खोज्न खोज्छन् र आफ्नो यात्रामा अवरोध बन्ने परजीवीसँग लड्ने मुख्य पात्रको भूमिकामा अभिनय गरेका छन् । यन साङ् हो निर्देशित यो ड्रामा हरर, एक्सन र मिस्ट्री जनरामा बनेको छ । नेटफ्लिक्समा अप्रिल ५ मा स्ट्रिमिङ तयारीमा छ ।

लभ्ली रनर

के–ड्रामा ‘लभ्ली रनर’ले इम सोलको कथा भन्छ, जसले आफ्नो आइडल सेलिब्रेटी रिउ सेओन जालाई अपार माया गर्छ । रिउ एक चर्चित सेलिब्रेटी हुन् । बाल्यकालमा भएको एउटा घटनाका कारण उसले सपना पूरा गर्न सक्दैन तर दुःखको समयमा उसले आफ्नो आइडलबाट सान्त्वना पाएको छ । अप्रिल ८ मा यो टीभीएन नेटवर्कमा रिलिज हुँदैछ ।

ब्लड फ्री

‘ब्लड फ्री’ थ्रिलर र साइन्स फिक्सन ड्रामा हो । यो ड्रामाले यस्तो संसारको कथा भन्छ, जहाँ मानवताले प्राकृतिक मासु खाँदैन । प्रयोगशालामा मासु उत्पादन गर्ने कम्पनी बीएफ शक्तिमा आउँछ । एक सीईओले एकजना आर्मी अफिसरलाई आफ्नो अंगरक्षकको रूपमा राख्छन् । कम्पनी र सीईओ दुवै भित्र र बाहिर शंकास्पद ठहरिन्छन् । यो डिज्नी प्लसमा अप्रिल १० मा स्ट्रिमिङ हुनेछ ।

क्राउन प्रिन्स ह्याज डिजापियर्ड

जोसन युगको समयमा सेट गरिएको ‘क्राउन प्रिन्स ह्याज डिजापियर्ड’को कथा एक राजकुमार वरपर घुम्छ, जसले एक महिलालाई अपहरण गर्छ । ती महिलालाई उनकी पत्नी मानिन्छ । यो एक क्राइम रोमान्टिक र मिस्ट्री ड्रामा हो, जुन अप्रिल १३ मा एमबीएनमा रिलिज हुनेछ ।

चिफ डिटेक्टिभ १९५८

‘चिफ डिटेक्टिभ १९५८’ लाई थ्रिलर, मिस्ट्री र ड्रामा जनरामा राखिएको छ । यो ड्रामाले मुख्य जासूस पार्क यङ हानको कथा भन्छ, जो मानवताको क्रूरतासँग असन्तुष्ट छ । एमबीसीमा रिलिज हुने यो ड्रामा अप्रिल १९ मा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?