+
+

प्राथमिक तहका शिक्षक स्थायी नियुक्तिका लागि सिफारिश

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १८ गते १७:३७

१८ चैत, काठमाडौं । शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका प्राथमिक तह, तृतीय श्रेणीका शिक्षकहरूको नियुक्तिका लागि सिफारिश गरेको छ ।

आयोगले परीक्षाबाट छनोट भएका उम्मेदवारहरूको जिल्लागत एकमुष्ट योग्यताक्रम सूची र नतिजा विवरणसहित स्थायी नियुक्तिका लागि सिफारिश गरेको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा बसेको गत बुधबारको बैठकको निर्णयानुसार सिफारिश गरी पठाइएको आयोगले जनाएको छ ।

आयोगले २०७९ चैतमा काठमाडौंबाहेक ७६ जिल्लाका लागि ७ हजार ९५४ शिक्षक माग गर्दै विज्ञापन गरेको थियो । त्यसअनुसार गत २० जेठमा सामान्य र १३ असोजमा विषयगत परीक्षा सञ्चालन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?