+
+

सगरमाथा आरोहण गर्दै डिजे तेन्जिङ, पर्यटनमन्त्रीले दिए शुभकामना

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते ११:४१

काठमाडौं । बसन्तकालीन हिमाल आरोहणको मौसम सुरु भएको छ । केही कलाकार पनि हिमाल आरोहणको तयारीमा छन् । जसमध्ये चर्चित डिजे तेन्जिङ शेर्पा सगरमाथा आरोहणका लागि आगामी साता त्यसतर्फ जाँदैछन् ।

अभिनेत्री दीया पुनले चार हिमाल आरोहणको तयारी थालेकी छन् । हालै ‘गोर्खा वारिअर’ निर्माण गरेका निर्माता सुमन राईले पनि आरोहण गर्ने बताएका छन् । यसअघि राजु लामा, निशा अधिकारी लगायतले पनि हिमाल चढिसकेका छन् ।

डिजे तेन्जिङलाई बसन्तकालीन आरोहणको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले मन्त्रालयमा बोलाएर शुभकामना दिए । उनले राष्ट्रिय झण्डा पनि प्रदान गरे ।

‘ग्लोबल वार्मिङ रोकौं, हिमाल संरक्षण गरौं’ भन्ने नारासहित उनले एक महिनाभित्र सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने लक्ष्य लिएका छन् । दुई दशकदेखि नेपाल र अमेरिकामा डिजेइङ गर्दै आएका तेन्जिङले आफ्नो आरोहण संगीतकर्मीका लागि पनि प्रेरणादायी हुने बताए ।

‘व्यक्तिगत उपलब्धिभन्दा पनि पर्यटन प्रर्वद्धनसँगै र जलवायु परिवर्तनको असरबारे चेतना जगाउनका लागि म यो अभियानमा लागेको हुँ,’ उनी भन्छन्, ‘धेरै कार्यक्रममा सहभागी हुने क्रममा पाएको अनुभवसँगै पछिल्लो समयमा ग्लोबल वार्मिङले परेको असरलाई कसरी न्यून गर्न सकिन्छ भन्ने सन्देश दिन १३ वर्षदेखि यो अभियान थालेको हो ।’

तेन्जिङले अन्तर्राष्ट्रिय सगरमाथा दिवस मे २९ मा पहिलो सगरमाथा आरोहणको सम्झनामा आयोजना हुँदै आएको एभरेष्ट डे सांगीतिक कार्यक्रममा डिजेइङमार्फत सहभागिता जनाउँदै आएका छन् । एट्के एक्सिपिडेसन आरोहण दलमार्फत तेन्जिङले हिमाल चढ्न लागेका हुन् ।

पर्यटन विभागका अनुसार गत मंगलबारसम्म पाँच हिमाल आरोहणका लागि सात समूहका ४६ जना अनुमति लिइसकेका छन् । जसमा सगरमाथाका लागि आठ जनाले अनुमति लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?