+
+

गणेश पाठक हत्या घटना : रामेछापको दोरम्बा–३ का वडासदस्य काठमाडौंबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते १७:११

१९ चैत, काठमाडौं । रामेछापका गणेश पाठक हत्या घटनामा संलग्न भएको आरोपमा दोरम्बा शैलुङ गाउँपालिका–३ का एक वडासदस्य पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोरम्बा–३ का वडासदस्य निकोसेरा भनिने ४० वर्षीय लालबहादुर थापा मगर छन् ।

वडासदस्य थापा मगरलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं महानगरपालिका–३२ जडिबुटी क्षेत्रबाट आइतबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ परेका वडासदस्य थापा मगरलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रामेछापको जिम्मा लगाइएको परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

गत २० असारमा दोरम्बा सल्लेनी भिरमा ४१ वर्षीय गणेश पाठकको शव भेटिएको थियो । खेतमा पानी लगाउन जान भनि १६ असारमा निस्केका पाठकको चार दिनपछि शव फेला परेको थियो ।

शव फेला परेपछि हत्या भएको किटानी गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो ।

पीडित पक्षले दोरम्बा शैलुङ गाउँपालिका–५ का रुजन श्रेष्ठ, रुद्रबहादुर नगरकोटी, हिराबहादुर श्रेष्ठ र शैलुङ–३ का प्रकाश कँडेल र वडासदस्य लालबहादुर थापा मगर विरुद्ध किटानी जाहेरी दिएका थिए । जाहेरी परेपछि फरार रहँदै आएका थापा मगरलाई प्रहरी ९ महिनापछि पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?