+
+

‘द रेड सुट्केस’ ट्रेलर : वैदेशिक रोजगारीले पारेको सामाजिक असरको मर्मस्पर्शी कथा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २० गते १३:५८

काठमाडौं । वैदेशिक रोजगारीको दुःखान्त दर्शाउने नेपाली फिल्म ‘द रेड सुट्केस’को ट्रेलर रिलिज भएको छ । मंगलबार सीडीसी हलमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको मर्मस्पर्शी ट्रेलर सार्वजनिक भयो ।

२ मिनेट १३ सेकेण्ड लामो ट्रेलरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पार्छ । निर्देशक फिडेल देवकोटाले एउटा रातो सुट्केसमार्फत नेपाली समाजमा वैदेशिक रोजगारीको सामाजिक र मानवीय असरको कथा पेश गरेका छन् ।

विदेशबाट आएको रातो सुट्केसलाई कुनै गन्तव्यमा पुर्‍याउन मुख्य पात्रले थालेको यात्रा यसको कथावस्तु हो । प्रवीण खतिवडाले सुट्केस लिएर हिंडेको पात्रको भूमिका गरेका छन् ।

सौगात मल्लले भ्यान ड्राइभरको भूमिका गरेका छन् । विपिन कार्की र सृष्टि श्रेष्ठजस्ता सहायक चरित्र पनि फिल्ममा छन् । पत्रकार सम्मेलनमा निर्देशक देवकोटाले नेपाली माटो सुहाउँदो फिल्म बनाउने प्रयास गरेको बताए ।

छायाकार सुसन प्रजापतिले दृश्य सुन्दर मात्र नभएर अर्थपूर्ण हुनुपर्छ भन्ने कुरा आफूले यो फिल्म गर्दा सिकेको बताए । निर्माता रामकृष्ण पोखरेलले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय तहमा लैजान यस्ता फिल्म बन्नुपर्छ भनेर आफ्नो प्रोडक्सन कम्पनी आइसफल लागिरहेको बताए ।

उनले यो फिल्मलाई नेपालमा बनेकोमध्ये एक दुर्लभ फिल्म रहेको बताए । ‘थाहा छैन भविष्यमा कसैले यस्तो फिल्म बनाउँछ कि बनाउँदैन तर यो दुर्लभ नेपाली फिल्म हो,’ उनले भने ।

अभिनेता सौगात मल्लले यो फिल्म हेर्दै आएको भन्दा भिन्न रहेको बताए । अभिनेता प्रवीण खतिवडाले फिल्ममा देखाइएको रातो सुट्केसले समाजको सपना र आशालाई दर्शाउने बताए ।

भेनिस र मुम्बईजस्ता चर्चित फेस्टिभलमा स्क्रिनिङ भइसकेको यो फिल्म चैत ३० गते नेपाली हलमा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?