+
+

फिल्म ‘रेड सुट्केस’लाई बलियो ‘वर्ड अफ माउथ’को साथ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २ गते १३:४७

काठमाडौं । फिडेल देवकोटा निर्देशित ‘द रेड सुट्केस’ पछिल्लो समय बलियो ‘वर्ड अफ माउथ’ पाउने फिल्म बनेको छ । नयाँ वर्ष २०८१ सालको पूर्वसन्ध्यामा रिलिज भएको फिल्म देशभर ५० हलमा प्रदर्शनरत छ ।

यसले जति शो पाएको छ, उति नै बलियो अकुपेन्सी देखिन्छ । खासगरी नयाँ वर्षको अवसरमा पहिलो सप्ताहन्त फिल्मको कमाइ सुखद रहेको निर्माता रामकृष्ण पोखरेलले बताए ।

शुक्रबार र शनिबार यो फिल्मका केही शो हाउसफुल देखिए । ‘हामीलाई अतिरिक्त शो आवश्यक देखिएन । हामीले जति शो पाएका छौं, त्यतिमा राम्रो कमाइ देखिएको छ । पहिलो सप्ताहन्त उत्साहजनक देखियो,’ निर्माता पोखरेलले भने ।

काठमाडौं र बुटवलका केही हलमा शनिबार फिल्मको अकुपेन्सी शतप्रतिशत देखिएको जनाइएको छ । आईएनआई सिनेमाजका सञ्चालक तथा चलचित्र संघका महासचिव सुरेन्द्र थापाले शनिबार आफ्नो बुटवल र काठमाडौंसहितका हलमा यो फिल्म हाउसफुल देखिएको बताए ।

निर्देशक देवकोटाले फिल्म हेरेका जतिले सकारात्मक प्रतिक्रिया दिएको बताए । निर्माता पोखरेलले काठमाडौंसहित उपत्यकाबाहिर पनि फिल्म रुचाइएको बताए । सौगात मल्ल, प्रवीण खतिवडा, विपिन कार्की र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्मले वैदेशिक रोजगारीको सामाजिक असरको कथा भन्छ ।

यसको कथावाचन शैली र प्राविधिक पक्षको प्रशंसा भएको छ । वरिष्ठ फिल्म निर्देशक नीर शाहले त यो फिल्मको अडियोग्राफी फिल्महरुबीचमै उत्कृष्ट रहेको बताएका थिए । भेनिसमा विश्व प्रिमियर भएको ‘द रेड सुट्केस’को विदेश ओटीटी राईट अमेरिकी टेलिभिजन कम्पनी एचबीओले किनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?