+
+

कांग्रेसको आरोप– रास्वपाको कोर टिम नै सहकारी ठगीमा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २१ गते १२:२२

२१ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कोर टिम नै सहकारीको रकम ठगीमा मुछिएको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस महामन्त्री शर्माले रास्वपाका सहमहामन्त्री विपिन आचार्य समेत सहकारीको रकम अपचलनमा मुछिएको बताए । ‘रास्वपाका एक जना आचार्य थरका सहमहामन्त्रीजीको नाममा गोर्खा मिडियामा सुप्रिम सहकारीबाट एक करोड ५६ लाख १५ हजार रुपैयाँ प्रवाह भएको देखिन्छ । सूर्य दर्शन सहकारीबाट एक करोड प्रवाह भएको देखिन्छ,’ सांसद शर्माले भने ।

यसअघि, प्रतिनिधि सभाकै बैठकमा कांग्रेसले सहकारीको रकम ठगीमा रास्वपाका उपसभापति समेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्याल र रास्वपाका सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी समेत आरोपित रहेको भनी प्रश्न उठाएको थियो ।

रास्वपाका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रावि लामिछानेमाथि सहकारीको रकम हिनामिनामा आरोपित रहेको भनी संसदीय छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसले मंगलबार कांग्रेसका सांसदद्वय रामकृष्ण यादव र कान्तिका सेजुवालले अन्य दुई नेता समेत आरोपित रहेको भनी प्रश्न उठाएका थिए ।

बुधबारको बैठकमा कांग्रेसका महामन्त्री समेत रहेका सांसद शर्माले रास्वपाका सहमहामन्त्री आचार्यको नामै लिएर सहकारीको रकम अपचलनको प्रश्नमा रहेको बताए ।

साथै, रास्वपाको कोर टिम नै सहकारी ठगीमा आरोपित रहेको बताए । ‘नयाँ बनेर आएको दलको सम्मान गर्दैगर्दा देश दुनियाँले सुन्नेगरी आग्रह गर्न चाहन्छु– त्यहाँ भित्र एउटा कोर टिम रहेछ । जो यो (सहकारी ठगी) समग्र गतिविधिमा सामेल छ,’ महामन्त्री शर्माले भनेका छन्, ‘त्यहाँ (रास्वपा)भित्र कोर टिम छ भित्र गएर काम गर्छ । डोर टिम ढोकामा बसेर ढाकछोप गर्छ । पुअर टिम छ जो देशभरी बसेर रास्वपा जिन्दावाद भनेर फेसबुकमा लेखिरहन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?