+
+

कांग्रेसको चेतावनी : अल्टिमेटम सकियो, संसदीय छानबिन समिति नबनाए संसद चल्दैन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २१ गते १२:३५

२१ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यही चैत २७ गतेसम्म उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नभए संसद बैठक चल्न नदिने चेतावनी दिएको छ ।

बुधबार प्रतिनिधि सभाको बैठकमा सुरुमै समय लिएर कांग्रेसका महामन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले आफूहरुले उठाउँदै आएको विषयमा सरकार गम्भीर नभएको बताए ।

उनले भनेका छन्, ‘सरकारले अर्को बैठकमा आउँदै गर्दा संसदीय छानबिन समिति लिएर आओस् । हामी त्यो कुराभन्दा दायाँबायाँ हुने वाला छैनौं ।’

कांग्रेसले सहकारीको रकम हिनामिनामा गृहमन्त्रीको नामसमेत जोडिएको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ ।

विगतमा प्रधानमन्त्रीको जवाफ माग गर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री लामिछाने निर्दोष रहेको बताएको र त्यस्तो जवाफले शंका उब्जाएको उनले बताए ।

पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धान हुँदैछ भनेको तर, नयाँ समीकरण बनेपछि अनुसन्धान नै रोकिएको भन्दै उनले सहकारीको वचतकर्ताको अधिकारका लागि समेत संसदले निकास दिनुपर्ने बताए । यसका लागि आरोपित गृहमन्त्रीको सम्बन्धमा संसदीय छानबिन समिति गठन हुनुपर्ने कांग्रेसको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?