+
+

स्वतन्त्र सांसदले समर्थन गरेपछि लुम्बिनीमा सत्ता गठबन्धनलाई बहुमत

चार दलबीच ५ बुँदे सहमति 

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते १६:३१
लुम्बिनी माओवादी संसदीय दलका नेता जोखबहादुर महरा ।

२२ चैत, बुटवल । नवलपरासी पश्चिमबाट निर्वाचित स्वतन्त्र सांसद खड्गबहादुर बस्नेतले स्वतन्त्र सांसद खड्गबहादुर बस्नेतले समर्थन गरेपछि लुम्बिनीमा एमाले-माओवादीसहितको गठबन्धनले बहुमत जुटाएको छ ।

केन्द्रमा बनेको नयाँ सत्ता गठबन्धनमा आवद्ध दलहरुसंग बहुमत जुटाउन एक सांसदको कमी थियो । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ मत आवश्यक पर्छ । अब स्वतन्त्र सांसदले समर्थन गर्ने भएपछि बहुमत पुगेको छ ।

लुम्बिनी प्रदेशसभामा एमालेका २९, माओवादी केन्द्रका सभामुखबाहेक १०, जसपाका तीन जना तथा नेकपा एकीकृतका एक सांसद छन् ।

बिहीबार स्वतन्त्र सांसद र चार दलको बैठकले माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री बनाउन समर्थन गर्ने निर्णय गरेका छन् ।

सहमति पत्रमा प्रदेश सरकारबाट गरिने सबै राजनीतिक नियुक्तिहरु सरकारमा सहभागी सबै दलहरुको अपनत्व हुने गरी गरिने, प्रदेशको पहिचान कायम गर्ने प्रदेश गौरवका योजनाहरु, प्रदेश राजधानीको निर्माण, लुम्बिनी प्रादेशिक अस्पताल, प्रदेश प्राविधिक विश्वविद्यालय, प्रदेश प्रहरी समायोजन र स्थानीय सेवा ऐन बनाउन सरकार साझेदार दलहरुको साझा प्राथमिकताको रुपमा कार्यन्वयन गरिने उल्लेख छ ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम, बजेटको प्राथमिकता र उद्देश्य निर्धारण, बजेट निर्माण लगायत सरकारलाई सहयोग गर्न सरकारमा सहभागी दलहरुको नेतृत्वबाट एक निर्देशक समिति निर्माण गरी कार्यसम्पादन गर्ने नीति अवलम्वन गर्ने दलहरुबीच सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?