+
+

गुजरातमाथि पञ्जाबको रोमाञ्चक जित

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २३ गते ६:०४

२३ चैत, काठमाडौं । पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा गुजरात टाइटन्समाथि ३ विकेटको रोमान्चक जित हात पारेको छ । २ सय रनको लक्ष्य पन्जाबले १९.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।

पन्जाबका शशांक सिंहले २९ बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ६१ रनको अविजित इनिङ खेले । आशुतोष शर्मा १७ बलमा ३ चौका र १ छक्कासहित ३१, शिखर धवन १, जोनी बेयरस्टो २२, प्रभसिम्रन सिंह ३५, साम करन ५ र सिकन्दर राजा १५ रनमा आउट भए ।

गुजरातका नुर अहमदले २, आजमतुल्लाह ओमरजाई, उमेश यादव, राशिद खान, मोहित शर्मा र दर्शन नलकाण्डेले १–१ विकेट लिए ।

त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ४ विकेट गुमाउँदै १९९ रन बनाएको थियो । गुजरातका कप्तान शुभमन गिलले ४८ बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ८९ रनमा अविजित इनिङ खेले पनि जित्नलाई प्रयाप्त हुन सकेन ।

साई सुदर्शन २१ बलमा ६ चौकासहित ३३, राहुल टेवाटिया २३ र ऋद्धिमान शाह ११ रनमा आउट भए । पन्जाबका कागिसो रबाडाले २, हरप्रीत ब्रार र हर्षल पटेलले १–१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?