+
+

ठाकुरको उत्कृष्ट बलिङमा लखनउ विजयी

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २६ गते ७:२६

२६ चैत, काठमाडौं । तीव्र गतिका बलर यश ठाकुरले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिएपछि लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग(आईपीएल) मा गुजरात टाइटन्टसलाई ३३ रनले हराएको छ ।

१६४ रनको लक्ष्य पछ्याएको गुजरातले १८.५ ओभरमा १३० रनमा सबै विकेट गुमायो ।

गुजरातका ओपनर साई सुदर्शन ३१, राहुल टेवाटिया ३०, शुभमन गिल १९ र विजय शंकर १७ रनमा आउट भए ।

लखनउका यश ठाकुरले ३.५ ओभरमा १ मेडनसहित ३० रन खर्चेर पाँच विकेट लिए ।

क्रुनाल पान्ड्या ३, नवीन उल हक र रवि विश्रोईले एक/एक विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ रोजेको लखनउले २० ओभरमा पाँच विकेट गुमाउँदै १६३ रन बनाएको थियो ।

मार्कस स्टोइनिसले ४३ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५८ रन बनाए । निकोलस पुरन ३२, लोकेश राहुल ३३, आशुष बदोनी २० र क्विन्टन डी कक ६ रनमा आउट भए ।

गुजरातका उमेश यादव र दर्शन नलकाण्डेले २/२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?